कांग्रेसले गठन गर्यो टिकट बाँड्ने बोर्ड, महानगरको जिम्मा देउवालाई
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनका उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले टिकट बाड्न संसदीय बोर्ड गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बोर्डमा सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सदस्य छन् । साथै, बोर्डमा सबै १३ जना पदाधिकारी सदस्य छन् । १३ पदाधिकारी र वरिष्ठ नेता पोडेल गरी बोर्डमा १४ जना सदस्य रहेको बताइएको छ ।
टिकट बाँड्न बोर्ड गठन गरिएको भए पनि महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्ने जिम्मेवारी भने सभापति देउवा आफैँले लिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया