पोखराको मेयरका उम्मेदवारबारेको निर्णय पुनर्विचार गर्न एमालेमा छलफल

काठमाडौं । एमालेको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख (मेयर)मा उम्मेदवार बनाउन लागिएका दीपक पौडेलको विषयमा प्रश्न उठेको छ । उनीमाथि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूलेसमेत प्रश्न उठाएको एमाले स्रामेतले जनाएको छ ।
पौडेलमाथि प्रश्न उठेपछि पार्टी नेतृत्वलाई पुनर्विचार गर्न दबाब परेको बताइएको छ । यसैले एमाले अध्यक्ष केपी शर्मा ओली परामर्शमा जुटेका छन् । सोमबार बिहानसम्ममा निर्णय आउनसक्ने अनुमान छ ।
सचिवालय बैठकले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पौडेललाई मेयर र उपमेयरमा मञ्जु गुरुङलाई टिकट दिने निर्णय गरेको थियो ।
पोखराजस्तो ठूलो सहरको मेयरका लागि पौडेल उपयुक्त पात्र नभएको धेरैले गुनासो गरेको एमाले स्रोतले जनाएको छ ।
बरु उपमेयरमा अगाडि सारिएकी गुरुङलाई मेयरमा उठाउँदा जित्नसक्ने नेता कार्यकर्ताहरूको दाबी छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया