भोटेकोशीमा पहिरो : गाउँपालिका उपाध्यक्ष सहित ५० जनाबाट पार्टी परित्याग

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माओवादीका ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
टिकट वितरणमा विवाद हुँदै जाँदा उनीहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाएको सामूहिक राजीनामा दिनेहरुको आरोप छ ।
विज्ञप्ती निकालेर पार्टी परित्याग गरेको घोषणा गर्नेहरुमा माओवादीबाट उपाध्यक्ष जितेकी दावुटी शेर्पा र गाउँ पार्टी ईन्चार्ज आङछिरी शेर्पासहित ५० जना स्थानीय नेताहरु छन् ।
मनोनयन दर्ता गर्ने दिननै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया