पोखराको मेयरमा उम्मेदवारी दर्ता गर्दै थापाले भने– जित्ने आधार एमाले नेतृत्वको सरकारले गरेका काम

काठमाडौं । नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्ण थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार एमाले पार्टी कार्यालय पोखराबाट उपमेयरका उम्मेदवार मञ्जु गुरुङसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि उपस्थित सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीको संगठन र एमाले नेतृत्वको सरकारले गरेका काम नै आफ्नो जित्ने आधार भएको दाबी गरेका छन् ।
विवादस्पद भिडियोका कारण दीपक पौडेलको टिकट खोसिएपछि थापा आजमात्र मेयर पदका उम्मेदवार चयन भएका हुन् ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया