NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

डोल्पामा नेकपा एसका दुई गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौँ । डोल्पाका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

यी दुवै पदमा एक/एक जनाको मात्र मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लाको काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए । काइके गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुमा पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।

यस्तै डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।