डोल्पामा नेकपा एसका दुई गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्ष निर्विरोध निर्वाचित
काठमाडौँ । डोल्पाका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
यी दुवै पदमा एक/एक जनाको मात्र मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्लाको काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराए । काइके गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुमा पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।
यस्तै डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया