अन्तिममा दल बदलेर उम्मेदवार बन्नेहरू
काठमाडौं । अन्तिम समयमा दल बदलेर पनि केही व्यक्ति उम्मेदवार बन्न सफल भएका छन् । आगन्तुकलाई टिकट थमाउनेमा एमाले, कांग्रेस, माओवादीदेखि लोकतान्त्रिक समाजवादी, संघीय समाजवादीलगायत छन् ।
झापाको कन्काई नगरपालिकामा आइतबार एमाले परित्याग गरेका श्यामसुन्दर ओली लगत्तै राप्रपा प्रवेश गरेर मेयरको टिकट लिन सफल भएका छन् । ललितपुर उपमहानगर– १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले मनोनयनकै दिन एमाले परित्याग गरेर सोही वडामा माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट अर्कैले टिकट पाएपछि माओवादी प्रवेश गरेर उनले टिकट लिएका हुन् ।
त्यसैगरी, माओवादीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडियाले पनि एमाले प्रवेश गरेर पुनः मेयरमा उम्मेदवारी दिएका छन् ।
जसपाबाट एमाले प्रवेश गरेका शिवशंकर साह (हीरा) जनकपुरमा मेयरको उम्मेदवार बनेका छन् । जनकपुरमै कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया