NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी

काठमाडौं । निर्वाचन कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ ।

आज दिउँसो २ बजेसम्म मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेकामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भएको छ ।

आज रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगढीमाई, लहान र कर्जनाह र कालीकोटको पलाता गाउँपालिकाबाको विवरण प्रविष्ट भइसक्नेछ ।

यसरी हुँदैछ मतपत्र ढुवानी

ताजा अपडेट

नेपालवाच विशेष