ताप्लेजुङको मिक्वाखोलामा माओवादीकी वडा सदस्य निर्विरोध

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरिता गहते निर्विरोध निर्वाचित भएकी छिन् । उनी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा गठबन्धनको तर्फबाट दलित सदस्यमा गहतेको मात्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
फताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया