यी दुई वडामा दलित महिलामा उम्मेदवारी नै परेन

नुवाकोट । जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ ।
दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितले जानकारी दिए ।
दुवै वडामा दलितको घर नै नभएका कारण कुनै पनि दलले उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो ।
यसैबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका १२ वटा स्थानीय तहमा दुई हजार २४ ले उम्मेदवारी दिएका छन् ।
आइतबार र सोमबार भएको मनोनयनमा जिल्लाका १२ स्थानीय तह र ८८ वटा वडाका लागि विभिन्न राजनीतिक दलहरुका तर्फबाट उम्मदेवारी दर्ता भएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाका अध्यक्ष र सदस्य गरी ४६४ पदको लागि उम्मेदवारी परेको हो ।
निर्वाचन अधिकृतहले दिएको जानकारीअनुसार स्थानीय तह २० जना अध्यक्षमा ७० जना, १५ जना उपाध्यक्षमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा ४७० जना, महिला सदस्य ३६७ जना, दलित महिला सदस्य ३०८ जना सदस्य ७१९ जनाले उम्मदेवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया