NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आत्महत्याको प्रयास गर्ने उम्मेदवारविरुद्ध उजुरी, आजै फैसला

काठमाडौँ । स्थानीय तहका लागि बैशाख १२ मा उम्मेदवारी दर्तापछि केहि उम्मेदवारमाथि विभिन्न खालका उजुरी परेका छन् । त्यसमध्ये एउटा उजुरी छ, बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालविरुद्ध ।

नेपाल ०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी फेरि सोही पदका उम्मेदवार बनेका छन् ।

उम्मेदवारमाथि उजुरी गर्न निर्वाचन आयोगले दिएको बैशाख १३ गतेको समयमा वडाध्यक्षका उम्मेदवार नेपालमाथि आफैविरुद्ध अपराध गरेको भनी उजुरी परेको छ । उजुरीमा उनको उम्मेदवारी खारेजीको समेत माग गरिएको छ ।

वडाध्यक्षका उम्मेदवार नेपालले ०७६ भदौ २१ मा आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको भन्दै उजुरी परेको हो । नेपालको कुनै पनि कानूनले आत्महत्यालाई मान्यता दिएको छैन ।

इच्छा मृत्युको कानूनी मान्यता नपाएको नेपालमा आत्महत्या गर्नु वा प्रयास गर्नु दुवै अपराध हो । नेपालविरुद्ध पनि आत्महत्याको प्रयास गरेर अपराध गरेको भन्दै त्यस्तो व्यक्ति उम्मेदवार हुन नसक्ने भन्दै उजुरी परेको हो ।

नेपालमाथि परेको उजुरीमाथि निर्वाचन आयोगले भोलीसम्म फैसला दिने जनाएको छ ।

यस्तै नेपालमाथि अख्तियारमा पनि मुद्दा रहेको उजुरीमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष