बागी उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । सत्तारुढ गठबन्धनले गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन भित्रको दलले आफ्नो वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले ६ महानगर, ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । यस्तै गठबन्धन भित्रका दलका कार्यकर्ताले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी फिर्ताका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।
वैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाभित्र गठबन्धनको प्रदेश र जिल्ला संयन्त्र राखेर वडाका विभिन्न पदहरुमा भागबण्डा गर्ने समेत समझदारी भएको छ ।
यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धनका दलहरुवीच समझदारी भइसकेको सिट बाँडफाँट विपरीत परेका उम्मेदवारी फिर्ताका लागि निर्देशन दिने भएको छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया