मोरङमा चार उम्मेदवारविरुद्ध उजुरी

मोरङ । मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
यसरी उजुरी पर्ने उम्मेदवारमा नेकपा (एमाले)का महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की, वडा नं ८ नेकांबाट दलित महिला सदस्य ससिता सहनी, वडा नं १३ एमाले महिला सदस्य गौरीदेव र वडा नं ८ जनमत पार्टीबाट महिला सदस्य गीता मुखिया रहेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उजुरी परेकामध्ये तीन जनाले सफाइसम्बन्धी कागजात पेश गरेका छन् भने उपप्रमुख उम्मेदवार कार्कीले आज साँझ ४ बजेसम्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । कार्यालयले आज र बिहीबार मनोनयन पत्र जाँच र उजुरी जाँचबुझ गरी निर्णय गर्ने छ ।
यसैगरी कार्यालयले आज उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ भने बिहीबार ५ बजे स्वीकृत नामावली प्रकाशन गर्ने सूचना अधिकारी बुढाथोकीले बताए । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र साँझ ५ बजेदेखि ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया