श्रीमान्–श्रीमती नै मेयर–उपमेयरका उम्मेदवार !
चितवन । जिल्लाको रत्ननगर नगरपालिकामा जसपाबाट मेयर र उपमेयरमा श्रीमान्–श्रीमतीको उम्मेदवारी परेको छ । ६३ वर्षीय यदुकृष्ण भट्टले मेयर र उनकी श्रीमती ५१ वर्षीया गोमादेवी देवकोटाले उपमेयरमा मनोनयन दर्ता गराएकी हुन् ।
गोमा रत्ननगर नगरपालिकाको पूर्व नगरपरिषद् कार्यकारी सदस्य हुन् । गठबन्धनअनुसार रत्ननगर नगरपालिकामा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयरमा उम्मेदवारी दिएका थिए ।
गठबन्धनभित्रका दलहरूको बेवास्ताका कारण आफूहरूले उम्मेदवारी दिएको भट्टले बताए । गठबन्धनको छलफलबाट सकारात्मक परिणाम आए मेयर छाड्न तयार रहेको भट्टले बताए । भट्ट दम्पतीले मनोनयन दर्ताको पहिलो दिनमै उम्मेदवारी दर्ता गरेका थिए ।
त्यस्तै, बर्दियाको राजापुर नगरपालिकामा त श्रीमान्–श्रीमती नै उम्मेदवार छन्, त्यो पनि मेयर र उपमेयरको । राप्रपाका तर्फबाट मेयरमा राममणि उपाध्याय उम्मेदवार बनेका छन् । उनकी पत्नी सम्झना उपाध्याय उपमेयरको उम्मेदवार छिन् । सम्झनालाई पनि राप्रपाले नै उम्मेदवार बनाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया