गृहमन्त्री खाँणले प्रचण्डपुत्री रेनुविरुद्ध उठेका बागी उम्मेदवारलाई भेटे
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा उठाएकी रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।
पौडेललाई भेट्न कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँण बिहीबार भरतपुरस्थित उनकै निवास गएका थिए । खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि थिए ।
भरतपुरको मेयरमा कांग्रेसलाई पाखा लगाएर माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई उठाइएकोमा असन्तुष्टि जनाउँदै पौडेलले उम्मेदवारी दिएका हुन् ।
रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
गृहमन्त्री खाँणले यसअघि पौडेलका प्रस्ताव कृष्णलाल सापकोटालाई भेटेका थिए । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सापकोटालाई भेटेर खाँणले पौडेलको उम्मेदवारी फिर्ता गराउन पहल गर्न आग्रह गरेका थिए ।
प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण
बागी उम्मेदवार पौडेललाई पनि खाँणले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको उनीनिकट स्रोतले जनाएको छ ।
यसैबीच, सभापति शेरबहादुर देउवाले पनि एक अपिल जारी गर्दै सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह (पूर्णपाठसहित)
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया