NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

काठमाडौं कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंहका के छन् सात संकल्प ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनतर्फ कांग्रेसबा उम्मेदवार बनेकी सिर्जना सिंहले ७ बुँदे संकल्प प्रस्ताव अघि सारेकी छिन् । सिंहले सेवा र सुशासन अन्तर्गत महानगरलाई विधिमा चलाउने संकल्प गरेकी छिन् । भ्रष्टाचार मुक्त, चुस्त सेवा प्रवाह दिएर काठमाडौंलाई उत्कृष्ट महानगर बनाउने संकल्प गरेकी छिन् । राज्यका संयन्त्रसँग मिलेर लक्ष्य प्राप्तिको काम गर्नेको संकल्प छ ।

स्वास्थ्य, शिक्षा र तथा सामाजिक सुरक्षातर्फ शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचमा शिक्षा पुर्याउने, विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल संचालन गर्ने पनि जनाएकी छिन् । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने, स्वच्छ, सफा, दिगो पर्यावरणको संकल्प अघि सारेकी छिन् । काठमाडौं महानगरलाई जेरो वेस्ट (Zero Waste) नगरपालिका बनाउने उनको संकल्प छ ।

पिउन योग्य पानी, श्वाश फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनस्थजापना तथा विस्तार गर्ने उनको सकंल्पमा उल्लेख छ ।

सुरक्षित सहर अन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्ने, विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने पनि उनको संकल्प छ ।

संस्कृति, सम्पदा, र सभ्यता अन्तर्गत मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग ग जोड्ने, गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दीगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्ने उनको संकल्प छ ।

सबल र समुन्नत पुर्वाधार अन्तर्गत सहज रुपमा हिंडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उनको भनाई छ ।
महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्ने संकल्प सिंहले अगाडि सारेकी हुन् ।

सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी शीर्षकमा उनले युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने प्रतिवद्धता जनाएकी छिन् ।
उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनको घोषणा छ ।