ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया