NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

३० वैशाखमा सार्वजनिक बिदाको लागि आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले पत्रकार सम्मेलन गर्दै चुनावको दिन ३० वैशाखमा बिदा दिन सरकारसँग आग्रह गरेको जानकारी दिए ।

प्रवक्ता अर्यालले निर्वाचन दिनको अगाडीकाे दुई दिन वैकल्पिक सिकाइको माध्यमबाट पढाउन र ३० वैशाखमा सार्वजनिक बिदाको लागि मुख्य सचिवमार्फत् सरकारलाई आग्रह गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार मतपत्र छापिइसकेको जानकारी पनि दिए । साथै, ३३ जिल्लाको ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको पनि उनले जानकारी दिए ।

मनोनयनको प्रक्रिया सकिएपछि भोलि नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।