३० वैशाखमा सार्वजनिक बिदाको लागि आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले पत्रकार सम्मेलन गर्दै चुनावको दिन ३० वैशाखमा बिदा दिन सरकारसँग आग्रह गरेको जानकारी दिए ।
प्रवक्ता अर्यालले निर्वाचन दिनको अगाडीकाे दुई दिन वैकल्पिक सिकाइको माध्यमबाट पढाउन र ३० वैशाखमा सार्वजनिक बिदाको लागि मुख्य सचिवमार्फत् सरकारलाई आग्रह गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार मतपत्र छापिइसकेको जानकारी पनि दिए । साथै, ३३ जिल्लाको ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको पनि उनले जानकारी दिए ।
मनोनयनको प्रक्रिया सकिएपछि भोलि नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया