दोलखामा ८३ ले फिर्ता लिए उम्मेदवारी
दोलखा । आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जानकारी दिए ।
भिमेश्वर नगरमा छ र जिरी नगरमा सातले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै कालिञ्चोक गाउँपालिकामा नौ, गौरीशंकरमा नौ, तामाकोशीमा १६, मेलुङमा १७, विगुमा १२, वैतेश्वरमा छ र शैलुङ गाउँपालिकामा एकले गरी कूल ८३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया