रुपन्देहीमा ११३ को उम्मेदवारी फिर्ता

बुटवल । आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गराएका ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
चार प्रमुख, चार उपप्रमुख र १९ वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
ओमसतिया गाउँपालिकाबाट तीन अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कञ्चनबाट तीन, कोटहीमाई पाँच, गैडहवाबाट दुई, तिलोत्तमाबाट नौ र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मायादेवी र रोहिणीमा एक–एक, लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई, शुद्धोधनमा छ, सियारीमा छ, सैनामैनामा चार जनाले उम्मेदावरी फिर्ता लिएका छन् । सिद्धार्थनगरमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगरप्रमुखबाट एक, उपप्रमुखबाट दुई र सदस्यबाट तीनले उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्मरीमाईको अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन स्वतन्त्र गरी चार जनाले उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । जिल्लाका १६ पालिकामध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेका छैनन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया