संसदमै अश्लील भिडियो हेर्ने सांसदले दिए राजीनामा

लन्डन । बेलायतका एक सांसदले आफ्नो संसदमै अश्लील भिडियो हेर्ने असभ्य क्रियाकलापका कारण राजीनामा दिनुपरेको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद नील पेरिसलाई बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सको बैठकका क्रममा मोबाइल फोनमा अश्लील भिडियो हेरेको आरोप लागेको छ ।
पेरिसले शनिबार संसदको सदस्यताबाट राजीनामा दिएपछि आफ्नो गतिविधिलाई ‘पागलपन’ भन्दै सबैसँग माफी पनि मागेका छन् ।
संसदका आयुक्तलाई यसबारे उजुरी गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीले शुक्रबार नील पेरिसलाई निलम्बन गरेको थियो । यसपछि शनिबार पेरिसले संसदको सदस्यताबाट पनि राजीनामा दिएका हुन् ।
तर, शुक्रबार उनले छानबिन पूरा नभएसम्म सांसद पदमा रहने बताएका थिए । यस साताको सुरुमा बेलायती मिडियाले संसदमा एक पुरुष सांसदले अश्लील सामग्री हेरेको भन्दै महिला मन्त्रीलाई उद्धृत गर्दै रिपोर्ट प्रकाशित गरेको थियो ।
महिला मन्त्रीले कमन्स चेम्बरमा आफ्नो छेउमा बसेका एक जना पुरुष सांसदलाई पोर्न फिल्म हेरिरहेको देखेकी थिइन् ।
सोही सांसदले पछि समितिको सुनुवाइका क्रममा पनि पोर्नोग्राफी हेरेका थिए । पेरिसले पहिलोपटक आपत्तिजनक सामग्री हेर्नु संयोगवश मात्र भएको बताए । उनले झुक्किएर अश्लील सामाग्री भएको भिडियो देख्न पुगेको बताएका थिए । तर उनले दोस्रोपटक भने जानी जानी अश्लील भिडियो हेरेको स्वीकार गरे ।
पेरिसले राजीनामा दिनुअघि संसदमै अश्लील भिडियो हेरेको विषयमा उनकी श्रीमतीको अन्तर्वार्ता द टाइम्स पत्रिकामा प्रकाशित भएको थियो । श्रीमानले यसअघि कहिल्यै यस्तो काम गरेको थाहा नभएको उनकी श्रीमतीले बताइन् । उनले आफ्नो श्रीमान् राम्रो मान्छे भएको पनि बताइन् ।
यो पनि पढ्नुहोस्
रुपन्देहीमा ११३ को उम्मेदवारी फिर्ता
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया