तपाईँको पालिकामा कुन पार्टी कति बलियाे ? यसरी थाहा पाउनुहोस्

काठमाडौँ । ठिक १२ दिनपछि देशभर एकै साथ स्थानीय तहको निर्वाचन हुँदैछ । ५ बर्षअघि निर्वाचित जनप्रतिनिधिको समयवधि सकिएपछि नयाँ प्रतिनिधी चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा तपाईको एक मतले आगामी ५ बर्ष तपाईको स्थानीय तहको शासन कसले संचालन गर्छ भन्नेकुरा निर्धारण गर्दछ । त्यसैले निर्वाचनमा एक मतको ज्यादै ठूलो महत्व रहन्छ ।
निर्वाचनमा मतदानअघि तपाई के के सुचना जान्न चाहनुहुन्छ ? त्यसमध्ये हामीसँग हरेक स्थानीय तहमा कुन दल कति बलिया छन् भनेर हेर्न ग्राफ बनाएका छौँ ।
त्यसका लागि तपाई www.nepalwatch.com खोल्नुहोस् । माथि मेनुको दाहिने तर्फ चुनावी परिणाम २०७४ लेखिएको देख्न सक्नुहुन्छ ।
त्यहाँ क्लिक गरेपछि तपाई यस्तो देख्नुहुनेछ ।
यसमा २०७४ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरका लागि सबै भन्दा धेरै मत ल्याउने शीर्ष ५ उम्मेदवारको मतसंख्या देख्न सकिन्छ ।
अब तपाई हरेक स्थानीय तहको मत यसैगरी हेर्न सक्नुहुनेछ । जिल्ला र तपाईले हेर्न चाहनु भएको स्थानीय तह छनौट गरेर एप्लाई फिल्टरमा क्लिक गरेसँग तपाईले २०७४ को चुनावी परिणामलाई ग्राफमा देख्नसक्नुहुन्छ ।
अब दाेस्राे तरिका ।
तपाइ नेपालवाच डट कम का जुनसुकै समाचार खाेल्नुहाेस् । हरेक समाचारका अन्तिममा स्थानीय तह निर्वाचन २०७४ मा तपाइकाे पालिकामा कसले कति म त प्राप्त गरेका थिए भनेर लेखिएकाे देखिन्छ ।
त्यहाँ क्लिक गरेपछि तपाइले हरेक स्थानीय तहमा २०७४ मा दलहरूले प्राप्त गरेका मतलाइ अंक र ग्राफमा देख्न सक्नुहुनेछ ।
यस्ता मतभारको जानकारीले तपाईको स्थानीय तहमा कुन दल कति बलियो रहेछ भन्ने जान्न सहयोग गर्छ । र तपाईले चाहेको दलका विषयमा निर्णय गर्न तपाईलाई सहयोग पुर्याउँछ ।
प्रतिक्रिया