बालेनमाथि स्थापितले लगाए जातीय पहिचान लुकाएको आरोप

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जातीय पहिचान लुकाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेन तराई–मधेसको साह भएको बताए । बालेनले राजनीति गर्न आफूलाई पहाडिया ठकुरी शाह बनाएको उनको भनाइ थियो ।
‘बालेन आफूलाई म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ । हिजो के कुरा खुल्यो ऊ यहाँको शाह रहेनछ, मधेसतिरको साह रहेछ ।’
स्थापितले आफू मधेसको मानिस हुँ भन्ने आँट गरेर चुनावी मैदानमा आउन चुनौतीसमेत दिए ।
‘सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत अब के हुन्छ हेरौं ! म मधेसको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ उनले भने ।
स्थापितले बालेनमाथि विभिन्न अराजनीतिक टिप्पणीसमेत गरेका थिए ।
ताजा अपडेट
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
प्रतिक्रिया