औरहीकाले यसपाला नोट र भोज बहिष्कार गरेर विवेक राेज्ने
जनकपुर । हरेक निर्वाचनमा मतदाता प्रभावित पार्न नोट, भोज जस्ता प्रलोभनहरू देखाइन्छ । त्यस्ता खराब अभ्यास रोक्न कै लागि निर्वाचन आयोगले निर्वाचन आचार संहिता लगाएको हुन्छ । निर्वाचन आचार संहिता लागु गराउन आयोगलाइ कम सकस हुँदैन ।
तर जनकपुरस्थित औरहीकामा भने आचार संहिता उल्लंघन हुने खतरा कम भएको छ ।
चुनाव नजिकिदै जाँदा त्यहाँका स्थानीयले निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने निर्णय गरेका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको घरघरमा व्यस्त छन् ।
विभिन्न पार्टीका उम्मेदवार जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न घरदैलो अभियानमा छन् । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाँउमा चुनावी चर्चाले तीव्रता पाएको छ ।
उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई यस वर्ष मत दिने बताउन थालेका छन् ।
धनुषाको औरही गाउँपालिका मतदाता सीमित स्वार्थका लागि उम्मेदवार बनेकोभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् ।
विकास र समृद्धिमा पछि परेको धनुषाको औरहीका मतदाता अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिनसक्ने सक्षम व्यक्तिलाई जिताउने स्थानीय मतदाताको भनाइ छ ।
“विकास प्रेमी नेतालाई जिताउनुर्छ”, त्यहाँका मतदाता भन्छन् “तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।”
मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धता बिर्सिनेबाट सचेत हुनुपर्नेमा उनीहरू स्पष्ट छन् ।
गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार आफूहरुको रोजाइमा पर्ने मतदाताको भनाइ छ।
अठार स्थानीय तह रहेको धनुषामा चार लाख ६७ हजार ३८८ मतदाता छन् । निर्वाचनमा भाग लिन धनुषामा ३२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता छन् ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया