३५३ प्रतिनिधि निर्विरोध निर्वाचित हुँदा अध्यक्षमा एमालेभन्दा नेपालको एस अगाडि, कुन पदमा दलले कति जिते ?

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । सम्बन्धित पदमा एकजनाको भन्दा बढी उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन् । यस्ता प्रतिनिधिमा गाउँपालिकाका अध्यक्षदेखि वडाका सदस्यसम्म छन् ।
जसमा एमालेले सबै दललाई उछिनेको छ । कांग्रेस दोस्रो स्थानमा आउँदा माओवादी तेस्रो र एमालेबाट फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी चौथो दल बनेको छ । तर अध्यक्षमा भने एमालेभन्दा नेकपा एकीकृत समाजवादी अगाडि देखिएकाे छ ।
निर्वाचन अायाेगका अनुसार सबै पदमा गरी एमालेका १२३ जना, कांग्रेसका १०१, माओवादीका ५४ र नेकपा एसका ३४ जना निर्विरोध निर्वाचित भएका हुन् ।
यस क्रममा एमालले गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष दुई, वडाध्यक्ष १४, खुल्ला सदस्य २६, महिला सदस्य २३ र दलित महिला सदस्य ५७ जना जितेको हो । एमालेले डोल्पामा गाउँपालिका अध्यक्ष जितेको हो ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष एमालेले जितेको हो ।
दोस्रो भएको कांग्रेसले गाउँपालिका उपाध्यक्ष एक, वडाध्यक्ष १४, खुला सदस्य ३१, महिला सदस्य १५, दलित महिला सदस्य ४० जना जितेको हो ।
तेस्रो भएको माओवादीबाट पालिकाका अध्यक्ष र उपाध्यक्ष निर्विरोध हुन सकेका छैनन् । माओवादीले जितेका पदमा वडाध्यक्ष तीन, खुल्ला सदस्य पाँच, महिला सदस्य सात, दलित महिला सदस्य ३९ जना छन् ।
एमालेबाट विभाजन भएर बनेको दल नेकपा एसले सबैभन्दा बढी गाउँपालिका अध्यक्ष जितेको छ । एसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, ६ जना वडाध्यक्ष, खुल्ला सदस्य १२, महिला सदस्य ७ र दलित महिला सदस्य ६ जना गरी ३४ पदमा जित हात पारेको हो ।
माधव नेपाल नेतृत्वको नेकपा एसले पनि डोल्पामा गाउँपालिका दुई अध्यक्ष जितेको हो । काइके र छार्काताङसोङमा अध्यक्ष जितेको छ । डाेल्पाेबुद्द गाउँपालिकाका उपाध्यक्ष पनि एसले जितेको हो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया