NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दुई पूर्वप्रहरी चुनावी मैदानमा, जसलाई दियो कांग्रेसले धोका

काठमाडौं । स्थानीय निर्वाचनमा धनुषामा नेपाल प्रहरीका दुईजना पूर्वअधिकारीले चुनाव लड्ने भएका छन् ।

पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह र पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी महेन्द्र महतो चुनावी मौदानमा होमिएका हुन् ।

साह एसएसपीबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा होमिएका हुन् भने महतो सेवानिवृत्त भएर उम्मेदवार बनेका हुन् ।

साह विदेह नगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उठेका छन् । उनलाई पहिलो कांग्रेसले टिकट दिने आस देखायो । सोहीबमोजिम उनले केही महिनाअघि एसएसपीबाट राजीनामा दिएका थिए । तर, अन्तिममा आएर कांग्रेसले धोका दियो । कांग्रेसको टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै, केही महिनाअघि मात्रै डिएसपीबाट सेवानिवृत्त भएका महतोले मिथिला नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

अहिले दुवै पूर्वप्रहरी चुनावी अभियानमा लागेका छन् । दुवैले जित्ने दाबी गरेका छन् ।