दुई पूर्वप्रहरी चुनावी मैदानमा, जसलाई दियो कांग्रेसले धोका
काठमाडौं । स्थानीय निर्वाचनमा धनुषामा नेपाल प्रहरीका दुईजना पूर्वअधिकारीले चुनाव लड्ने भएका छन् ।
पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह र पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी महेन्द्र महतो चुनावी मौदानमा होमिएका हुन् ।
साह एसएसपीबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा होमिएका हुन् भने महतो सेवानिवृत्त भएर उम्मेदवार बनेका हुन् ।
साह विदेह नगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उठेका छन् । उनलाई पहिलो कांग्रेसले टिकट दिने आस देखायो । सोहीबमोजिम उनले केही महिनाअघि एसएसपीबाट राजीनामा दिएका थिए । तर, अन्तिममा आएर कांग्रेसले धोका दियो । कांग्रेसको टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै, केही महिनाअघि मात्रै डिएसपीबाट सेवानिवृत्त भएका महतोले मिथिला नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
अहिले दुवै पूर्वप्रहरी चुनावी अभियानमा लागेका छन् । दुवैले जित्ने दाबी गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया