पार्टी निर्णय नमान्नेलाई कारवाही, उम्मेदवारको पछि लाग्ने नोटिसमा : शेखर
काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारको पक्षमा नलागे कारवाही गर्ने चेतावनी दिएका छन् । पार्टीले एउटा निर्णय गरिसकेको भन्दै कोइरालाले विराटनगरमा यस्तो निर्णय सबैले मान्नुपर्ने बताएका हुन् ।
मोरङस्थित सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँगको छलफललमा कोइरालाले पार्टी निर्णय विपरीत अघि बढ्नेलाई कारवाही गर्ने बताएका हुन् ।
‘कांग्रेसले बागी उम्मेदवार, उनीहरूका प्रस्ताव र समर्थकलाई कारवाही गर्ने भनेको छ । सोही अनुसार कारवाही हुन्छ’ कोइरालाले भने, ‘उम्मेदवार प्रस्तावक, समर्थकमात्रै होइन उम्मेदवारको पछि लाग्नेलाई पनि नोटिसमा राख्नुपर्छ ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया