एमालेका अध्यक्ष उम्मेदवार विष्टविरुद्ध दुई उजुरी, पक्राउ पुर्जी जारी

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
उनीमाथि दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुकदेव खनालले नेपालवाचलाई जानकारी दिए ।
उहाँविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोप लागेको छ । पक्राउ पुर्जी जारी भइसकेको छ । समाउने तयारीमा छौं’, उनले भने ।
उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिलनकुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएका बताइएको छ ।
साथै, सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा पनि विष्टलाई जेल सजाय सुनाएको छ ।
एमालले यस्तो व्यक्ति उम्मेदवार बनाएको भनेर उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवार खारेज गरेको थिएन ।
पक्राउ पुर्जी जारी भएपछि विष्ट भने फरार रहेका छन् ।
प्रतिक्रिया