कञ्चनपुरमा एमाले कार्यकर्ता माओवादीद्वारा कुटिए
काठमाडौं । कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नेकपा (एमाले)का कार्यकर्तामाथि कुटपिट गरेका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका हुन् ।
र्याली निकाल्ने क्रममा विवाद हुँदा कुटपिट भएको बताइएको छ ।
एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दका अनुसार माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समूहले कुटपिट गरेको हो । उनका अनुसार चौधरीको टाउको र छातीमा चोट लागेको छ ।
यस्तै, अवस्थीको पनि छातीमा चोट लागेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया