NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कञ्चनपुरमा एमाले कार्यकर्ता माओवादीद्वारा कुटिए

काठमाडौं । कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नेकपा (एमाले)का कार्यकर्तामाथि कुटपिट गरेका छन् ।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका हुन् ।

र्याली निकाल्ने क्रममा विवाद हुँदा कुटपिट भएको बताइएको छ ।

एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दका अनुसार माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समूहले कुटपिट गरेको हो । उनका अनुसार चौधरीको टाउको र छातीमा चोट लागेको छ ।

यस्तै, अवस्थीको पनि छातीमा चोट लागेको छ ।