NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पृथकतावादी आन्दोलन त्यागेपछि चुनावमा होमिएका सिके राउतले के– के गर्दै छन् मधेशमा ?

काठमाडौं । पृथकतावादी आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको डा. सिके राउतको पाटी जनमत पार्टी वैशाखम ३० मा हुने स्थानीय तह निर्वाचनमा सक्रिय सहभागी भएको छ ।

जनमत पार्टीले स्थानीय तहमा ५७४२ उम्मेदवारी दिएको छ ।
एक समय देशभित्रै पृथकतावादी आन्दोलन चलाएको उक्त पार्टीले २४ फागुन, २०७५ मा सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

मधेस प्रदेश लगायत तराईका जिल्लाहरूमा जनमत पार्टीद्वारा निर्वाचन केन्द्रित सांगठनिक गतिविधिलाई निरन्तरता दिइराखेको छ ।
सुरक्षा स्रोतका अनुसार अनुसार चुनावको मिति घोषणा भएपश्चात् जनमत पार्टीले ‘बुथ बुथ मजबुत अभियान’, ‘मेची–महाकाली जनमत माटो यात्रा’समेतका नामबाट अन्तरक्रिया, पार्टी प्रवेश र संगठन विस्तारमा तीव्रता दिएको छ ।

यस्ता छन् जनमत पार्टीको गतिविधि

१. स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपश्चात जनमत पार्टीले “बुथ बुथ मजबुत अभियान“, “मेची महाकाली जनमत माटो यात्रा समेतका नामबाट अन्तरक्रिया, पार्टी प्रवेश, संगठन विस्तार समेतका सांगठनिक क्रियाकलापलाई तीव्रता दिँदै आएको बारे विदितै छ ।

२. यसैक्रममा हिर्जी धनुषाको कमला न.पा.–१, मुंगराहा टोल र वडा नं. ३ को पर्सा टोलमा केन्द्रीय अध्यक्ष डा.सि.के. राउत समेत ३००\३५० जनाको उपस्थितिमा छुट्टा–छुट्टै कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो ।

३. उल्लेखित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष डा. सि.के. राउतले विगत ७० वर्ष देखी नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका पार्टीहरूको सरकारले अपेक्षित रूपमा विकासका कामहरू गर्न नसकेको जनाउँदै स्थानीय तहदेखि नै विकास निर्माण, सुशासन तथा भ्रष्टाचार मुक्त समाज निर्माणका लागि जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका थिए ।