NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

देशको समृद्धिको लागि गठबन्धन निरन्तर आवश्यक : सहमहामन्त्री डिना

काठमाडौं । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष डिनाले सत्ता गठबन्धन निरन्तर आवश्यक भएको बताएकी छिन् । चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै डिनाले निरकुंशताविरुद्ध उभिंदै देशलाई समृद्धिमा अघि बढाउन पनि सत्ता गठबन्धनको निरन्तरता आवश्यकता भएको बताएकी हुन् ।

‘हामी निरकुंशताविरुद्ध एक भएर उभिएका हौं । गठबन्धनको आवश्यकता भोलि पनि निरन्तर आवश्यक छ’ उनले भनिन्, ‘त्यसपछि देशमा गठबन्धनले देशमा समृद्धि दिलाउने काम गर्छ ।’

भरतपुरमा रेनु दाहालले पाँच वर्षमा प्रभावकारी काम गरेको भन्दै उनले यसपटक पनि जनताले जिताउने बताइन् । सत्ता गठबन्धनले भरतपुर र काठमाडौंको मेयरमा महिलालाई उठाएर अवसर र सम्मान दिएको पनि उनले बताइन् ।