ओलीले गालामा म्वाइ खाएपनि विष लाग्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । जनता समाजवादी पार्टीका सह–अध्यक्ष, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीको गालामा म्वाइ खाए पनि पनि विष लाग्ने बताएका छन् ।
मिठो बोले पनि केपी ओलीको बोलीमा मिठास होइन विष रहेको उनले बताएका हुन् । ओलीले गुलियो भाषामा लोकतन्त्र, संविधान र कानुनलाई समाप्त पारेको आरोप लगाए ।
‘अहिले देशैभरी कार्यकर्ताले ‘आइ लभ यु केपी बा’ भनिरहेका छन् । उनको मिठो बोली बोल्ने ओलीको कला छ’, मन्त्री श्रेष्ठले भने, ‘ओलीले मोइ खाएपनि विष लाग्छ ।’
भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले रेनु दाहालको नेतृत्वमा भरतपुरमा विकासमा कायापलट आउने दाबी गरेका छन् ।
ओलीले आफूले पाएको म्याण्डेट समेत जोगाउन नसकेको भन्दै फेरी म्याण्डेटको कुरा गर्न नसुहाउने जिकिर गरे । उनले जंगलमा बाघहरू नगर्जिए स्यालहरू गर्जिने भन्दै भरतपुरमा रेनु लगायतका बाघहरू गर्जिए स्यालहरूको भागाभाग हुने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया