NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, ओली हुन् : रामचन्द्र पौडेल

काठमाठौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भरतपुरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो कुरा नसुनेकोमा असन्तुष्टि जनाएका छन् ।

गठबन्धन दलले चितवनमा बिहीबार गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पौडेललाई आफू बसेको स्थानमा बोलाएर सम्झाउन खोज्दासमेत नमानेको बताए ।

‘उहाँहरूको कुरा सुन्दा धैर्य गर्न सक्ने क्षमता छैन जस्तो लाग्यो । उहाँहरूको प्रस्तुति देख्दा रिस र आवेगले भरिएको देखियो’, पौडेलले भने, ‘म यसै मञ्चबाट भन्न चाहन्छु । आजको कांग्रेसेको प्रतिस्पर्धी प्रचण्ड होइनन्, ओली हुन् । ओलीले जनमतको अवमूल्यन गर्दै संविधान, लोकतन्त्र समाप्त पार्ने खेलमा लागे । ओली प्रवृत्तिविरुद्धको गठबन्धन भएकोले मिलेरै जानुको विकल्प छैन ।’

उनले देउवासँग मिल्न गएको नभइ ओलीविरुद्ध लड्ने प्रस्ताव पहिला आफैंले राखेको प्रष्टयाए । गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली, जीवनबहादुर शाहीहरू कसरी मुख्यमन्त्री बन्न सक्थे भन्दै पौडेलले प्रश्न गरे ।