ओलीको विद्धता : गफमा विद्यावारिधी, बयलगाडा दर्शनका प्रवर्धक : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई बलयगाडा दर्शनका प्रवद्र्धक भएको आरोप लगाए । ओलीको बयान हजार जिब्रा भएका शेष नागले पनि नसक्ने भन्दै आफूले उनको वर्णन गर्न नसक्ने जिकिर गरे ।
‘ओलीले गफमा विद्यावारिधी गरेका छन् । उनी झुटका महागफाडी हुन् । गफ गर्न सिपालु छन्’, चितवनको भरतपुरमा गठबन्धनले गरेको संयुक्त चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै नेपालले भने, ‘उहाँको गफमा भुल्दा फुर्सदमा पछुताउँनु पर्ला । सबैले सचेत हुन सबैलाई म आग्रह गर्न चाहन्छु ।’
नेपालले गठबन्धन नभएको भए गणतन्त्र समाप्त हुने जिकिर गरे । ओलीको सर्वसत्तावादले संविधान, लोकतन्त्र च्यातिने र मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुब्ने उनले दाबी गरे । ओली बाहिरबाट हेर्दा राम्रो फर्सी भएपनि भित्र कुहिसकेको टिप्पणी गरे । ओली गफाडीको गफ जस्तो जनतालाई उल्लु बनाउने गठबन्धनले गर्न नहुने उनले बताए ।
उनले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेकाले गठबन्धनले राम्रो उम्मेदवार छानेको जिकिर गरे । भरतपुरमा दाहाल र चित्रसेन अधिकारीको ‘कम्बिनेसन’ राम्रो भएकाले सबैले सहयोग गर्न आग्रह गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया