NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सर्वोच्चले आईजिपी नियुक्तिमा दिएन अन्तरिम आदेश, अब के हुन्छ ?

काठमाडौं । सर्वोच्च अदालतले आईजिपी नियुक्ति प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिइ आगामी जेठ १७ मा पूर्ण सुनुवाइको लागि पेश गर्न आदेश दिएको छ ।

आईजिपी नियुक्तिको मुद्दामा अब निर्वाचनपछि जेठ १७ पछि मात्रै हुनेछ । यसले आइजिपी धीरजप्रताप सिंहलाई तत्काल कुनै समस्या नहुने देखिएको छ ।

तर मुद्दाको अन्तिम किनारा लाग्न समय लागे साउन तेस्रो साताबाट एआइजी विश्वराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

आगामी साउन २२ गतेसम्ममा यो प्रकरणको मुद्दाको अन्तिम फैसला नआए पोखेरेलको ५६ वर्षे उमेरहदले गर्दा अवकाश हुनेछ । वरिष्ठतालाई मिचेर सिंहलाई आईजिपी बनाइएको भन्दै खारेज गर्न माग गर्दै पोखरेलले रिट दायर गरेका थिए ।