NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिर्जना सिंहको समर्थनमा बाबुरामदेखि नरायणकाजी श्रेष्ठसम्म एउटै मञ्चमा

काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसले आगाडि सारेको काठमाडौंका मेयर उम्मेदवार सिर्जना सिंह जिताउन गोर्खाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।

गोरखा–काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेता कमला पन्त, चिरञ्जीवी वाग्ले लगायत नेताहरुले सिर्जना सिंह जस्तो सालिन व्यक्तित्व मेयर उम्मेदवारको रुपमा काठमाडौंले पाउनु सौभाग्य भएको बताउदै जिताउन अपिल समेत गरेका छन।

कार्यक्रममा बोल्दै सिर्जना सिंहले माइती जिल्ला गोर्खाबाटै राजनीति यात्रा सुरु गरेको उल्लेख गर्दै मेयर भएमा पार्टीको घोषणा पत्र र संकल्प पत्रनै संकल्प रहेको बताइन् । देशको एकीकरण गोर्खाले गरेको उल्लेख गर्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताइन्। पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउदै अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउनेसमेत बताइन। पहिले राजनीतिबाट घर सम्हाल्न पुगेको बताउदै अब सबै सीपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्नेसमेत सिंहले बताइन्।

काठमाडौंमा साना समस्याले गाजेको उल्लेख गर्दै अब स्वच्छ काठमाडौं र सफा काठमाडौंनै प्रमुख अभियान रहने सिंहले बताइन्।

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताए। कोही परिवारसंग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा नेता भएको बताए। ‘हामी गठबन्धनमात्रै नभएर गोर्खाको चेलीसमेत भएकोले सालिन व्याक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन ।’ भट्टराईले भने।

अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको बताउँदै उहाँमा डेट एक्सपाएर ओखती रहेको बताए। आफू प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको तर पछि निकालेको प्रसंग कोट्याउदै सिर्जना सिंहको जित निश्चित भएको बताए। ‘सिंहले आगाडि सारेको घोषणापत्र व्यावहारिक छ, उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्ने हुनुहुन्छ ।’ भट्टराईले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए। काठमाडौंमा पहिलोपटक महिला मेयर आउने निश्चत भएको बताउँदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको बताए। सिंहको राजनीतिक यात्रा लामो रहेको बताँउदै प्रकाशमानभन्दा आगाडिनै रहेको बताए। ‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो’ श्रेष्ठले भने। सिंहको जित संविधान लोकतन्त्रकोसमेत जित हुने भएकोले पनि जित अनिवार्य शर्त रहेको बताए।

श्रेष्ठले सिंहको प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको पराकाष्ठा भएको बताए। स्थापित जस्तो हावादारी उम्मेदवारलाई जनतालाई भोट नदिने दाबीसमेत श्रेष्ठ गरे ।

कांग्रेस नेता चिरञ्जीवी वाग्लेले सिर्जना सिंहको परिवार २००७ साल देखिकै गोरखाबाट क्रान्तिमा सहभागी रहेको बताउँदै सिंहको राजनीति सक्रियता गोर्खाबाटै भएको बताए। वाग्ले आफू स्थानीय विकास मन्त्री हुदाँ काठमाडौंको मेयर हुँदा तत्कालिन मेयर पिएलसिंहले जम्मा पारिदिएको पैसामा रजाइँ गरेर हावादारी गफ गर्दै हिंडेको सम्झना ताजै रहेको बताए। सिर्जना सिंहसँग काठमाडौं मेयरमा कसैको पनि प्रतिस्प्रर्धा नहुने समेत बताए।

नेपाली काग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले न्याय नपाए गोर्खा जानू भनेर पढेको उल्लेख गर्दै गोर्खाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए। सिंहको राजनीति विरासतको नभएर आफैं उठेको महिला भएको बताए। गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना कार्यक्रममा खतिवडाले केपी ओली जसरी हावादारी कुरा गरेर जनतालाई भ्रमित पर्छन त्यस्तै पार्टी र संगठन समेत ठेगान नभएका केशव स्थापितलाई अगाडि सारेको बताउँदै सम्पूर्ण जनताले एकमत भएर सही ठाउँमा मतदान गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसले छानेको उम्मेदवार सिंहले जित्दै गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने बताए।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्ले गोर्खाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरेका छन्। सिर्जना सिंहले कुनै विरासतबाट नभएर नेविसंघ देखिनै राजनीति यात्रा गरेको उल्लेख गर्दै आएको बताए। गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु परेको बताउदै अब सक्रिय राजनीति फेरि फर्कनु भएको बताए। ‘जसरी घर व्यवस्थापन गर्नुभयो अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ’ पान्डेले भने। सिर्जना सिंहले गर्न सकिने कामको जिम्मा लिनु भएकोले हावादारी गफको पछि नलाग्न पनि आग्रह गरेका छन्।

काग्रेस नेतृ कमला पन्तले काठमाडौंको मेयरको रुपमा गोर्खाको चेली पाउनु गर्वको विषय विषय भएको बताइन्। पन्तले काठमाडौं अहिले नेतृत्वविहीन टुहुरो भएको बताउँदै अब सिंह आएपछि काठमाडौंले नेतृत्व पाउने बताइन्।