कुकुर कुटेको निहुँमा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरीद्वारा हवाई फायर
काठमाडौं । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बूढीनन्दा नगरपालिका– ९ मा चुनाव प्रचारप्रसारका क्रममा झडप भएको हो ।
नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको स्थानीयले बताएका छन् । सोही निहुमा कांग्रेसका कार्यकर्ताले नेकपा एसका कार्यकर्तालाई कुटेका थिए । त्यसपछि नेकपा एसका कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए ।
आक्रोशित कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । तोडफोड भएपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । सो क्रममा तीन–तीनजना प्रहरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
घटना नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया