NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

काठमाडौं महानगरलाई सबै जातजातिको महान घर बनाउँछु : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई सबै जातजातिको महानघर बनाउने घोषणा गरेकी छिन् । सत्ता गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले काठमाडौंले जात र वर्गका आधारमा कसैलाई पनि विभेद नगर्ने बताएकी हुन् ।

‘महानगरलाई महान घर बनाउने अभियानमा छु । म मेयरमा जितेर आएपछि तपाईंले सोचे जस्तो खोजे जस्तो काठमाडौं बनाउँछु’ सिंहले भनिन्, ‘सबै जातजातिको कामठमाडौं र सबैलाई समान व्यवहार गर्ने काठमाडौं बनाउछु ।’

देशैभरका नागरिक बस्ने काठमाडौंले कसैलाई पनि विभेद नगर्ने उनले बताइन् । सबैलाई समान अवसर दिने गरी आफूले निर्वाचनमा संकल्प तयार गरेको भन्दै उनले भ्रष्टाचार अन्त्यलाई प्रमुख लक्ष्य बनाएको बताइन् । सार्वजनिक सेवामा सहजता, महानगरभित्र पर्ने साना ठूला सबै सडकको स्तोरोन्नति गर्छु, ट्राफिक व्यवस्थापन, सिटी बसको सुविधा, गल्लीगल्लीमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने पनि उनले बताइन् ।
महिलाको लागि सुरक्षित काठमाडौं बनाउने, युवा, वृद्धवृद्धा, महिला र विपन्नलक्षित कार्यक्रम ल्याउने पनि उनले बताइन् ।

युवाले ठूला आन्दोलन गरेको प्रजातन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले युवालाई रोगजार बनाउने गरी कार्यक्रम ल्याउने पनि बताइन् ।

मूर्तिकला, चित्रकलसहितका कला संस्कृतिमा अब्बल काठमाडौंलाई अझै व्यवस्थित बनाएर युवालाई रोजगार बनाउने गरी कार्यक्रम ल्याउने पनि बताइन् । युवालाई खेलकुदमा प्रोत्साहन गर्ने, प्रत्येक वडामा ज्येष्ठ नागरिकको लागि भवन बनाउने पनि उनले बताइन् । शिक्षाको गुणस्तर बढाउने, निशुल्क शौचालयको व्यवस्था गर्नेसहितका संकल्प उनले अगाडि सारिन् ।