ओलीको प्रतिगमनविरुद्ध सत्ता गठबन्धन निरन्तर : पौडेल
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी कदमले अहिलेको गठबन्धन बनेको बताएका छन् । अझै पनि प्रतिगमनको षठयन्त्र कम नभएको भन्दै उनले गठबन्धन निरन्तर अघि बढ्नुपर्ने पनि बताए ।
‘देशलाई ओलीले राजनीतिक अस्थिरतामा धकेले । ओलीको अस्थिरताविरुद्ध यो यो गठबन्धन बनेको हो । ओलीको खोक्रो राष्ट्रवादविरुद्धको गतिशील गठबन्धन हो’ सत्ता गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘लोकतन्त्रलाई अगगथलग पार्ने ओलीको प्रयासविरुद्ध हामी एक ठाउँमा उभिएका हौं । फेरि पनि एमालेले प्रतिगामीहरू एक ठाउँमा जम्मा गर्दैछ । यसैले हामी थप सचेत हुनुपर्नेछ । यसैले गठबन्धनलाई अझै बलियो बनाएर लानुपर्नेछ ।’
सामान्य विषयमा अल्झिएर गठबन्धनलाई कमजोर पार्न नहुने उनले बताए ‘राजनीतिक स्थिरता कायम गराउन सक्ने क्षमता देखाउन सकेका छैनौं । राजनीतिक स्थिरता कायम भए मात्रै देश समृद्धिमा जानेछ’ पौडेलले भने, ‘यसैले गठबन्धनलाई थप बलियो बनाएर देशलाई समृद्धिको युगमा प्रवेश गराउनुपर्छ ।’ गठबन्धन कमजाेर भए ओली झन् प्रतिगामी बन्दै जाने उनले बताए ।
काठमाडौं देशकै राजधानी भए पनि राजधानीमा हुनुपर्ने सेवा सुविधाबाट बञ्चित भएको उनले बताए । टोलटोलमा पार्क नभएको, केटाकेटीले खेल्ने ठाउँको अभाव रहेको र हावा खाने ठाउँको समेत अभाव रहेको भन्दै कांग्रेसले महानगरमा जितेर यस्ता आवश्यकता पूरा गर्नुपर्ने बताए । महानगरमा सुशासनको प्रतिवद्धता अर्को महत्वपूर्ण पक्ष रहेको उनको भनाई थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया