NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ओलीलाई नायक मानेको त खलनायक पो रहेछन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नायक मानेको तर उनी खलनायक भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीलाई षड्यन्त्रकारी भएको टिप्पणी गरे ।

‘हामीले ओलीलाई नायक मानेका थियौं तर खलनायकको रुपमा फेला पर्यो’, प्रचण्डले भने, ‘तपाईंहरूले नेकपाभित्र तीन वर्षपछि लडाइँ भएको देख्नुभयो तर माधवजी र मेरो ओलीसँग दुई हप्तादेखि नै लडाइँ सुरु गरेका थियौं । ओलीलाई विश्वास गरेर नेता बनाएको त महाषड्यन्त्रकारी पो रहेछन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले आफ्नो स्वार्थ पूरा नहुने भएपछि रिसले संसद् नै विघटन गरेको आरोप लगाए ।

गत निर्वाचनमा देउवा र मेरो बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार आफूले देउवालाई सत्ता हस्तान्तरण गरेको स्मरण गराउँदै उनले आलोपालो नेतृत्व गर्ने सहमतिको पालना ओलीले नगर्दा समस्या आएको बताए ।

प्रचण्डले आफ्नो भूमिकामाथि कुनै शंका नगर्न आग्रह गर्दै लकिरका फकिर भए देश अप्ठ्यारोमा पर्ने चेतावनी दिए ।

त्यस्तै उनले महिलालाई छोरी वा श्रीमतीको रुपमा चित्रण गरी विरोध गरेकोमा आपत्ति जनाएका छन् ।

‘महिलाले नेतृत्व गरेका ठाउँमा पुरुषले गरेको भन्दा राम्रा काम भएका छन् । केही नकारात्मक सोच भएका मानिसहरूले उनीहरूको योग्यता र क्षमतालाई होच्याएर छोरी र श्रीमतीको रूपमा चित्रण गरे । यस्तो भ्रमबाट मुक्त हुन महिलालाई एकपटक कार्याकारी प्रमुख बनाउनु पर्छ ।’

महिलाको योग्यता र क्षमतामाथि अनावश्यक प्रहार नगर्न प्रचण्डले आग्रह गरे ।