प्रधानमन्त्री देउवा शनिबार तनहुँ जाने
काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँ शनिबार जाने भएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन् ।
सभालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । व्यास नगरपालिका–३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ ।
कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार हुनुहुन्छ । नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया