भरतपुर र काठमाडौंका मेयर उम्मेदवारबारे देउवाको नयाँ खुलासा
काठमाडौं । भरतपुरको मेयरको उम्मेदवारबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ खुलासा गरेका छन् । सत्ता गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भरतपुरमा रेनु दाहाल आफ्नो जोडबलमा उम्मेदवार बनेको दाबी गरेका हुन् ।
‘भरतपुरमा रेनु दाहाललाई उम्मेदवार बनाउनबाट प्रचण्डजी पछाडि हट्न तयार हुनुभएको थियो । हामीले छोरी नउठाउनुस् भनेको भए पनि मान्नुहुन्थ्यो । तर भरतपुरमा यति राम्रो काम गरेकी रेनुलाई उम्मेदवार बनाउनुपर्छ भनेर मैंले नै भनेको हुँ’ देउवाले चुनावी सभामा भने, ‘राम्रो गरेकालाई छोरी भनेर रोक्न मिल्दैन । यसमा छोरीको रुपमा रेनुको कुनै गल्ती छैन ।’
काठमाडौंको हकमा पनि त्यस्तै भएको देउवाले बताए । नेता प्रकाशमान सिंह सिर्जना सिंहलाई उम्मेदवार बनाउनबाट डराएकोसमेत देउवाले बताए । श्रीमतीलाई उम्मेदवार बनाएको भनेर सिंहको हार हुने हो कि भन्ने डर देखिएको भन्दै देउवाले यस्तो डर नमानी जिताउने अभियानमा लाग्न आग्रह गरेका हुन् ।
आफ्नै कर्म र सक्रियताले राजनीतिमा लाग्नेलाई परिवारको भनेर खेद्न जरुरी नभएको देउवाको भनाई थियो ।
दुई महानगरपालिकामा सत्ता गठबन्धनले महिलालाई मेयरको रुपमा उठाइएको भन्दै जिताउन देउवाले आग्रह गरे । महिला उम्मेदवारलाई हराए गलत सन्देश जाने भन्दै देउवाले जिताउन अपिल गरे ।
यो गठबन्धनलाई लामो समय लिएर जान तयार भएकोले नै दलहरू मिलेर निर्वाचनमा अघि बढेको पनि देउवाले प्रष्ट्याए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया