NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

यस्तो छ गठबन्धनका शीर्ष नेताको आजको कार्यक्रम

काठमाडौं । सत्तागठबन्धनका नेताहरू शनिबार पनि दिनभर स्थानीय तह निर्वाचनका विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित सभालाई सम्बोधन गरेका नेताहरू आज जनकपुरधाम जाँदैछन् ।

पाँच दलीय गठबन्धनद्वारा जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता जान लागेका हुन् ।

जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।