जनकपुरमा हुने गठबन्धनको सभा छोडेर निधि धरान जानुको कारण यस्तो छ
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आज मधेस प्रदेशको जनकपुरमा आयोजना गर्ने आमसभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन् ।
गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएका उनले उक्त कार्यक्रम नै बहिष्कार गरेको विभिन्न सञ्चारमाध्यममा आएको छ ।
तर, निधिका प्रेस संयोजक रामजी दाहालले भने उनले गठबन्धनको कार्यक्रम बहिष्कार नगरेको बताए ।
‘सुरुमा केन्द्रीय प्रतिनिधिमा निधिको नाम थिएन । त्यसपछि उहाँ धरान जाने कार्यक्रम बन्यो । पछि उहाँको नाम राखियो, तर त्यसबेलासम्म धरानमा कार्यक्रम तय भइसकेको थियो । त्यहाँ छोड्न मिलेन, ’नेपालवाचसँग कुरा गर्दै उनले भने ।’
धनुषा निधिको आफ्नै गृहजिल्ला हो तर वक्तामा उनको नाम नराखिएको बताइएको छ ।
पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया