बझाङमा निर्वाचन अवधिभर मदिरा निषेध
बझाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ ।
जिल्ला प्रसासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ देखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।
निर्वाचन प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्ने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
यस्तै जिल्लामा भइरहेका राजनीतिक दलका सभा सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनले आग्रह गरेको हो । कोही कसैबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भए वा गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए ।
निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले एकभन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र अनुमति नलिएरै सवारी सञ्चालन गर्दै आएको भन्दै राजनीतिक दलको ध्यानाकर्षण गराइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया