ओली भन्छन्– अनि आयोगले कांग्रेससँग मिलेर एमालेको चुनाव चिन्ह हरियो बनायो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगका पदाधिकारीविरुद्ध खनिएका छन् ।
स्थानीय तह निर्वाचन सम्बन्धमा आइतबार बिहान ललितपुरमा सम्मेलन गर्दै ओलीले आयोगले कांग्रेससँग परामर्श गरेर आचारसंहिता लागू गरेको आरोप लगाए । गठन्धन दलका नेताहरूले राज्यकोषको दुरूपयोग गरी खुलेयाम मतदातालाई धम्क्याउँदासमेत आयोग रमिते बनेको टिप्पणी गरे ।
‘मसहितको उपस्थितिमा आचारसंहिता बनाउने सहमति भएको थियो तर आयोगले कांग्रेससँगको परामर्शमा हाम्रो विचार सुनेन । कांग्रेसको पछि लागेर सूर्य चिन्हसमेत हरियो बनायो’, ओलीले आक्रोसित हुँदै भने, ‘आयोगको गतिविधि मुद्दा हाल्ने प्रवृत्तिको छ । यसपटकलाई हामीले छोडिदियौं । प्रधानमन्त्रीलगायत सत्तागठबन्धनका शीर्ष नेताहरूले छोरी–श्रीमतीका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्दा आयोगले उनीहरूलाई कारवाही गरेन । योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ ?’
ओलीले स्वतन्त्रपूर्वक मताधिकार प्रयोग गर्न पाउने आममतदातामाथि धम्कीकाे भाषा प्रयोग नगर्न चेतावनी दिए ।
मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गर्याे : ओली
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया