सेनासँग हतियार सापटी लिएर चुनावी सुरक्षामा खटियो नेपाल प्रहरी
काठमाडौं । निर्वाचन घोषणाको तयारी हुँदादेखि नै नेपाल प्रहरीले आफूसँग पर्याप्त हतियार र सञ्चार साधन नभएको जानकारी गराउँदै पटक–पटक पत्राचार गरेर सरकारसँग बजेट माग गरेको थियो । तर बजेट नपाएपछि सेनासँग हतियार सापटी लिएर चुनावमा खटिएको छ ।
आइतबार नेपाल प्रहरीले सेनासँग करिब सात सय थान हतियार सापटी लिएको छ । हतियार किन्न वर्षौंदेखि माग हुँदा पनि बजेट नदिएपछि सापटी मागेर चुनाव गराउनुपर्ने अवस्था आएको एक उच्च प्रहरी अधिकृतले बताए । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले पनि सेनासँग केही साना हतियार सापटी लिइएको पुष्टि गरे ।
यसबाहेक प्रहरीसँग चुनावमा पर्याप्त सञ्चार सेट पनि छैन । चुनावमा करिब १५ हजार सञ्चारसेट आवश्यक रहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया