चुनावी प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको हत्या

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा चितवनमा कांग्रेसका एक कार्यकर्ताको हत्या भएको छ ।
भरतपुर–७, कृष्णपुरमा आइतबार साँझ अनिल परियारको छुरा प्रहारबाट हत्या भएको हो । कांग्रेसको चुनावी प्रचारमा रहेको परियारको भएको प्रहरीले जनाएको छ । हत्याको कारण अहिलेसम्म खुलेको छैन ।
छुरा प्रहारबाट गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा रहेका बेला उनीमाथि छुरा प्रहार भएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया