औरहीमा माओवादी र नेकपा एसबीच गठबन्धन
जनकपुर । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ ।
आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र नेकपा एसले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ ।
माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र नेकपा एसका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष नेकपा एसले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ । सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया