बुटवलमा उम्मेदवारको सवारीसाधन तोडफोड
नरसिंह बडाल (नागरिक पत्रकार) बुटवल । रूपन्देहीमा गएराति एक उम्मेदवारको सवारीसाधनमाथि तोडफोड गरिएको छ ।
बुटवल उपमहानगरपालिका–१२ का एमाले वडाध्यक्ष उम्मेदवार देवी रेग्मीको गाडीमाथि सोमबार राति ८ बजे आक्रमण भएको हो ।
रेग्मी सवार बा २० च ६७८५ नम्बरको गाडीमा स्कुटरमा सवार तीन जनाको समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ ।
ढुंगामुढाबाट वडाध्यक्ष रेग्मी चढेको गाडीको सिसा फुटेको छ ।
आक्रमणपछि तीनै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल गृहमन्त्री बालकृष्ण खाणँको गृहनगर हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया