निर्वाचन आयोगको उर्दी :
‘आज रातिदेखि मतदानस्थलको तीनसय मिटरभन्दा नजिक मदिरा सेवन नगरौंँ’

काठमाडौं । स्थानीय चुनावका मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता पनि धमाधम लागू गरिँदैछ । सोहीअन्तर्गत आज रातिबाट मदिरा बेच्न रोक लगाइएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा भएको व्यवस्थाको कार्यान्वयन भन्दै निर्वाचन आयोगले आज राति १२ बजेदेखि तोकिएको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ ।
तर, सबै स्थलमा मदिरा बिक्री वितरण गर्न नपाउने भने होइन । आयोगका अनुसार आज रातिदेखि मतदानस्थलभन्दा तीनसय मिटर दूरीसम्म मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन छैन । त्यस्तै, मतदानको दिन शुक्रबार भने सबै ठाउँमा मदिरा बिक्री निषेध गरिएको आयोगले जनाएको छ ।
योसँगै आज रातिबाटै निर्वाचन आचारसंहिताअन्तर्गत मौन अवधि लागू हुनेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया